The experts warn

'Antimicrobial resistance: Global report on surveillance' by WHO: "A post-antibiotic era—in which common infections and minor injuries can kill—far from being an apocalyptic fantasy, is instead a very real possibility for the 21st century."

Dr. Abdul Ghafur K: When we are called to manage patients with severe infections due to pan resistant bugs, we do really wonder whether we are living in pre-Alexander Fleming years without antibiotics and then with a shock, but no surprise, realise that we have reached the end of antibiotic era. Still, the Indian medical community remains in a state of denial. We have not yet taken the issue of antibiotic resistance seriously. We believe that Dr. Fleming has discovered penicillin only early this morning and consider antibiotic resistance a problem of next century where in fact antibiotics are dead and the foul smell of decay is already around us. You may call me a pessimist, but I sincerely believe that it is too late to save antibiotics; unless you have divine powers to bring the dead back to the life.

Cesar A. Arias and Barbara E. Murray: It is more difficult than ever to eradicate infections caused by antibiotic-resistant “superbugs,” and the problem is exacerbated by a dry pipeline for new antimicrobials with bactericidal activity against gram-negative bacteria and enterococci. A concerted effort on the part of academic researchers and their institutions, industry, and government is crucial if humans are to maintain the upper hand in this battle against bacteria — a fight with global consequences.


Thursday, June 26, 2014

एन्टिबायोटिक युगको अन्त र चिकित्सा विज्ञानको अन्धकार यात्राः पृष्ठभुमि

जीवन क्षेत्री
होमो स्यापिएन्स अर्थात् मनुष्य जाति पृथ्वीको बिरानो वा बाहिरिया प्रजाति हो । यो ग्रह ब्याक्टेरियाहरुको हो । पृथ्वीमा अरु सबै जीवित प्राणीहरुभन्दा धेरै ब्याक्टेरिया छन् र मानव शरीरमा आफ्ना कोशिकाभन्दा धेरै ब्याक्टेरिया छन् । हामी अहिलेसम्म मूर्खतापूर्वक आशावादी भयौं कि अन्ततः भाइरल नभए पनि ब्याक्टेरियल इन्फेक्सनलाई हामीले जितिसक्यौं । हामी कति गलत थियौं! अन्ततः ब्याक्टेरियाहरुले यहाँ श्रेष्ठता हासिल गरेका छन् र मानव जातिविरुद्धको युद्धमा विजय प्राप्त गरेका छन् ।


मार्च १९४२ मा कनेक्टिकटको एउटा अस्पतालमा स्ट्रेप्टोकोकल सेप्सिसबाट मरणासन्न ३३ वर्षे महिलालाई पेनिसिलिन नामको भर्खर आविष्कार भएको एन्टिबायोटिकले स्वस्थ बनाएको थियो । साठी वर्षपछि सान फ्रान्सिस्कोको ७० वर्षे पुरुषलाई भ्यांकोमाइसिन रेसिस्टेन्ट एन्टेरोकोकस फिकियमले संक्रमण भएपछि त्यस्तो संक्रमणका लागि उपलब्ध विश्वकै उत्कृष्ट एन्टिबायोटिकले पनि काम गरेन र उनी संक्रमण लिएरै मरे । पूरा वृत्ताकारमा घुमिसकेपछि हामी अब एन्टिबायोटिक आविष्कार हुनुभन्दा अघिको अवस्थामा पुग्दैछौं ।

—“एन्टिबायोटिक रेसिस्टेन्ट बग्स इन द ट्वेन्टी फस्ट सेन्चुरीः अ क्लिनिकल सुपर च्यालेन्ज”मा सिजार एरियस र बारबरा मुरे

विश्वमा प्रलय वा महाप्रलयको उद्घोष गर्ने मानिसहरुको अभाव छैन । ग्रहहरुको अवस्थिति र गति हेरेर अनिष्टको भविष्यवाणी गर्ने मानिसहरु सुदुर इतिहासदेखि समाजमा व्याप्त हुँदै आएका छन् । तर वैज्ञानिक युगको शुरुआतपछि वैज्ञानिक आधारसहित भनेरै धेरै चोटि प्रलयका उद्घोषहरु हुँदै आएका छन् । डेढ शताब्दी अघि माल्थसले जनसंख्या वृद्धिको उतिखेर विद्यमान् गति कायम रहने हो भने मानिसहरु करोडौंको संख्यामा भोकले मर्ने र सीमित स्रोत साधनका लागि निर्मम र विश्वव्यापी युद्धहरु छेडिने र अन्ततः मानव जाति मासिने अड्कल गरेका थिए । निकट विगतमा मात्र संयुक्त राष्ट्र संघ अन्तर्गतको आइपिसिसीका वैज्ञानिकहरुले सामुहिक रुपमा सप्रमाण भनेर छिट्टै विश्वको तापक्रम बढेर हिमालहरु नांगै हुने र होचो भुगोलमा रहेका देशहरु डुबानमा पर्ने अड्कल गरे ।