The experts warn

'Antimicrobial resistance: Global report on surveillance' by WHO: "A post-antibiotic era—in which common infections and minor injuries can kill—far from being an apocalyptic fantasy, is instead a very real possibility for the 21st century."

Dr. Abdul Ghafur K: When we are called to manage patients with severe infections due to pan resistant bugs, we do really wonder whether we are living in pre-Alexander Fleming years without antibiotics and then with a shock, but no surprise, realise that we have reached the end of antibiotic era. Still, the Indian medical community remains in a state of denial. We have not yet taken the issue of antibiotic resistance seriously. We believe that Dr. Fleming has discovered penicillin only early this morning and consider antibiotic resistance a problem of next century where in fact antibiotics are dead and the foul smell of decay is already around us. You may call me a pessimist, but I sincerely believe that it is too late to save antibiotics; unless you have divine powers to bring the dead back to the life.

Cesar A. Arias and Barbara E. Murray: It is more difficult than ever to eradicate infections caused by antibiotic-resistant “superbugs,” and the problem is exacerbated by a dry pipeline for new antimicrobials with bactericidal activity against gram-negative bacteria and enterococci. A concerted effort on the part of academic researchers and their institutions, industry, and government is crucial if humans are to maintain the upper hand in this battle against bacteria — a fight with global consequences.


Tuesday, December 23, 2014

हामी मासु खान्छौँ की एन्टीबायोटिक?

एन्टिबायोटिक दुरुपयोगले  जनस्वास्थ्यमा पार्ने प्रभाव र दुष्प्रभाव न्युनिकरणका उपाय


डा. केदार कार्की   

एन्टीवायोटिकको निष्प्रभावकारीताको खतरा अनी चुनौतीः

एक्काइसौं शताब्दीको प्रवेशसँगै चिकित्सा विज्ञानले जनस्वास्थ्य क्षेत्र विरामी उपचार गर्दै व्यहोर्न परेको चुनौती भनेको विरामीको उपचारमा प्रयोग गरिने चनल चल्ती तथा उत्तराआधुनिक एन्टीवायोटिक उपचार निष्प्रभावी हुनु मानिन्छ । यसो हुनुको मुख्य कारणा पशुपंक्षीमा अनियन्त्रितरुपमा हुने गरेको एन्टीवायोटिकको प्रयोगले ती पशुबाट उत्पादित पशुजन्य उत्पादनमा हुन जाने तीनको अवशेषको उपयोगको परिणतीको रुपमा लिइएको छ ।


अझ खादय श्रृङ्खलाका माध्यमबाट पशुमानै एन्टीवायोटिक प्रतिरक्षात्मक विकाश भएमा जीवाणु मानीसको शरीरमा प्रवेश गर्न सक्ने खतरा उत्तिकै छ । पशुपंक्षीमा उपचारका क्रममा चाहिने भन्दा बढिमात्रा तथा अनावश्यकरुपमा एन्टीवायोटिक प्रयोगले उत्पन्न समस्याले मानव स्वास्थ्यलाई त पिरोलेकै छ, यसका साथै पशुपंक्षीहरुमा पनि रोगको रोकथाम गर्न अनी एन्टीवायोकिट पहिलै खुवाएपछि हलक्क जीउ लाग्छ भनी एन्टीवायोटिक जथाभावी प्रयोग गर्दा पशुपंक्षी साँच्चिकै विरामी पर्दा ब्याक्टोरियाले गर्दा विरामी भएको पशुलाई एन्टीवायोटिक दिई उपचार गर्दा निष्प्रभावी हुने गरेको समस्याले कृषकमात्र हैन, मै हुँ भन्ने पशु चिकित्सक रनभुल्ल परेको कथा पनि छ ।


व्याक्टेरियाले, एन्टीवायोटिकलाई  निष्प्रभावी कसरी बनाउछ ?

यसबारे भिन्न भिन्न सिद्धान्त पकृया हुने गरेको छ । उदाहरणका लागि सालमोनेला टाइफिमुरीयम प्रजातीको व्याक्टोरिया जुन सुकै खाले एन्टीवायोटिकको सम्पर्कमा आउँदा आफुलाई तुरुन्तै सुरक्षित पार्छ भने साल्मोनेला डवलीन भने त्यही खाले एन्टीवायोटिक लामो समय सम्म प्रयोग गर्दा पनि सम्वेदनशील रहन्छन, अर्थात नष्ट भएर जान्छन् । त्यसैगरी स्ट्रेप्टोकोकस ओरियसका लागि पेनिसिलियम समुहको एन्टीवायोटिक प्रयोग गर्दा छोटो समयमा निष्प्रभावीताको समस्या देखा पर्दछ भने, स्ट्रेप्टोकोकस निमोनिइ प्रजातीमा यो समस्या देखा पर्न २० वर्षको समय लाग्न सक्ने तथ्य भेटिन्छ ।

पशुपंक्षी उपचारका लागि फलुरोकुयीनोल समुहको औषधि प्रयोगमा ल्याउदा कम्पाइलो व्याक्टर प्रजातीका व्याक्टोरिया तथा अप्रामाइसिन एन्टीवायोटिक प्रयोगमा ल्याउदा इ.कोलाई तथा सालमोनाला प्रजातीका व्याक्टोरियाले छिट्टै निष्प्रभावी पारे भने एम्पीसिलिनलाई निष्प्रभावी पार्न भने लामै समय प्रयोग गराएको हुनुपर्ने देखिन्छ । एक पटक प्रयोग पछि केही समय छाडी प्रयोग गर्दा ट्रासाइक्लिन समुहका एन्टीवायोटिकमा भने व्याक्टोरियामा यीनको निष्प्रभावी गराउने क्षमता रहिरहने गर्दछ । यसको विपरित एमोपारसीन जस्ता एन्टीवायोटिकको हकमा भने यसको ठिक विपरित हुने गर्दछ । त्यसै पनि विरामीलाई विरामी पर्ने पटकै पिच्छे एकै खाले एन्टीवायोटिकको प्रयोग गर्दा यस्तो समस्या बल्झिन सक्छ ।

पशुपंक्षीलाई असर गर्ने व्याक्टोरियामा एन्टीवायोटिक निष्प्रभावी पार्ने क्षमताको अध्ययनको स्थिति :

 निश्चित तथा छोटो अवधिका लागि रोग अनुशार प्राय एन्टीबायोटिककाो प्रयोग  गरिन्छ । अर्को तर्फ निरोधात्मक  रुपमा प्रयोग गराइने एन्टीवायोटिक पशुपंक्षीका ठुला बथानमा उपचार गर्दा पशुपालनमा एन्टीबायोटिकको प्रयोग पशुहरुको रोगको उपचार तथा रोगको नियंत्रण जस्ता कल्याणकारी कार्यका साथै अधिक उत्पादन गरी आर्थिक लाभ लीनका लागि पनि प्रयोग गर्न आवश्यक मानिन्छ । पशुपालन गरिने जुन मुलुकमा पशुहरुको गोठको सरसफाई तथा विभिन्न खाले सरुवा तथा संक्रमक रोगको नियंत्रणका प्रभावकारी उपाय अवलम्बन गरिएका हुदैनन्, यस्ता ठाउँमा पालेको पशुपंक्षीहरुलाई रोग लागिसके पछि उपचार गर्न प्रयोग गरिने मात्रा भन्दा कम मात्रामा एन्टीबायोटिक पशुहरुलाई दिने हो भने पशुहरुको उत्पादकत्व स्थिर राख्न तथा वृद्धि गर्न सहायक हुने मानिन्छ । जनस्वास्थ्यका दृष्टीकोणले पनि यसरी एन्टीवायोटिकको प्रयोगले पशुपंक्षीबाट साल्मोनेला जस्ता विषाणु वातावरणमा प्रवाहित गर्न कम गराउने गरेको विज्ञको अनुमान छ । यसका साथै कुखुरामा अण्डा कुहिने रोग तथा बंगुरमा बंगुरका आँउमासी, झाडापखालाका रोग नियंत्रण गर्ने गरेको पाइन्छ ।


उपचारात्मक एन्टीवायोटिकको प्रयोग छुट्टाछुट्टै जनावर वा सानो समुहका जनावरलाई प्रयोग गरिने मात्रा भन्दा कम मात्रामा केही लामो समय सम्म प्रयोग गराइने गरिन्छ । अर्को तिर उत्पादकत्व, शारिरीक तौलको द्रुत निकाश पशुपंक्षीमा होस भन्नका लागि एन्टीवायोटिक टाइलोसिन, भिरगिनियामाइसिन वा त्यस्ता तत्व जुन खासै एन्टीवायोटिक भनिने समुहमा पर्दैनन् प्रयोग गराइन्छ । जस्तै आएनोफोर समुहका औषधिहरु धेरै न्यूनमात्रामा केही लामो समय वा जनावर, गोठ, खोरमा रहेसम्म प्रयोग गराइन्छ ।

जनस्वास्थ्यको सुरक्षाको दृष्टीकोणले पशुजन्य उत्पादनमा एन्टीवायोटिकहरुको  अवशेषको उपस्थितिले चुनौती श्रृजना गरेको छ ।

आज पशुपंक्षी पालनका क्रममा एन्टीवायोटिकहरुको प्रयोग यती विस्तारित भएको छ कि, पशुजन्य उत्पादनका लागि पालिएका पशुहरुमा तीनको समग्र उत्पादन दिने वा उत्पादन भित्राउने बेलासम्म ८०% पशुपंक्षीमा धेर–थोर वा निरन्तर प्रयोग गरे, गराइएको तथ्य पाइन्छ ।

सवै खाले प्रतिजैवीक औषधिहरुको यदि लामो समय वा निर्धारित मात्रा भन्दा बढि गरे, गराइयो भने मानीस होस वा पशुपंक्षी सवैमा यस्ले फाइदा पु¥याउने भन्दा प्रतिकुल असर तीनको स्वास्थ्यमा पु¥याउछ । यस्ता पशुबाट उत्पादीत मासु तथा पशुजन्य पदार्थ हाम्रो मान्छा घरमा पुगे भने प्रयोगकर्तामा पनि यसको प्रभाव वा लक्षण देखाउन थाल्छन् । न्युन मात्रामा जथाभावी यी एन्टीवायोटिकको मनोमानी दुरुपयोग गर्नाले, पशुमा रोग लागि सकेपछि एन्टीवायोटिक प्रयोग गरि उपचार गर्दा औषधि त विरामी निको पार्न निष्प्रभावी हुन्छ नै बरु त्यस्ता पशुबाट उत्पादन हुने पशुजन्य उत्पादनमा संचयभई अवशेष को रुपमा रही ती उत्पादन सहित मानिसको शरीरमा प्रवेश गर्ने छ।


मानव स्वास्थ्य/जनस्वास्थ्यमा एन्टीवायोटिक निष्प्रभावीताले सृजना गरेको समस्या

पशुपंक्षी पालन गर्दा ती पशुपंक्षी विरामी नपर्दै तथा विरामी भए पछि पनि जथाभावी किसिम, मात्रा र समय सिमासम्म आवश्यक वा अनावश्यक एन्टीवायोटिक  प्रयोग गर्दा संक्रमण गर्न सक्ने जीवाणु मानिसको शरीरमा प्रवेश गरि वासस्थान बनाउन सक्छ । त्यसो नभए पशुजन्य उत्पानमा अवस्थित एन्टीवायोटिकको अवशेष पशुजन्य खाना  हुदै जादा मानिसको शरीरमा  प्रवेश गरेर गरेर हाम्रो शरीरमा व्याक्टेरियाले उक्त एन्टीवायोटिकविरुद्ध सहनशीलताको क्षमता विकाश गर्न सक्छ । जस्का कारण मानिस जनसमुदाय कुनै कारणले बिरामी हुन पुगे तीनलाई उपचार गर्न दिइने एन्टीवायोटिक निष्प्रभावी हुनजाने सम्भावना नै आजका  चिकित्साकर्मीको टाउको दुखाई हो ।

विश्व भूगोलमा जहाँ पनि यो समस्या देखिएको छ ।

पशुपंक्षी बधपछि मासु टुक्राटुक्रा पारी हाम्रा भान्छा पुग्न भन्दा पहिले ती पशुका तन्तुमा एन्टीवायोटिकको अवशेषको अवस्थितिको विश्लेषण गर्ने हो भने हाम्रा पशुपालन क्षेत्रमा के कस्ता समुहका एन्टीवायोटिकहरुको प्रयोग, उपयोग, दुरुपयोग भएको एकिन गर्न सकिने छ । जस अनुशार उत्पादन थलो मानै यी रसायनको प्रयोगको न्युनीकरण, निषेध, तथा नियमन मात्र गर्ने हो भने यो समस्या आधा समाधान हुनछ ।

 युरोप लगायतका पश्चिमी विकशित मुलुकमा यो प्रकृया कानुनीरुपमा थालनी भएको छ । त्यसैले त्यहा निषेधित एन्टीवायोटिक समुह हाम्रो एग्रो–भेट पशलमा आधुनिक, अति प्रभावशाली, सवैखाले पशुपंक्षीका रोगव्याधीका लागि रामबाँण जस्तो बिशेषता सहित सर्वव्यापी छन् ।

के दुर्गम न सुगम तीनको प्रयोगको मात्रा, अवधि कस्तो अवस्थामा प्रयोग गर्ने, प्रयोग पछि कति दिन रोके पछि यस्को अवशेष पशुपंक्षीको शरीरबाट विसर्जन हुन्छ जसपछि मात्र त्यस पशुबाट उत्पादित पशुजन्य उत्पादन जनसमुदायका लागि उपयोग गर्न सुरक्षित हुन्छ भन्ने बारे सुचना दिने फुर्सद ती आयातकर्ता, विक्रेता तथा सल्लाह दिने पशु स्वास्थ्य प्रविधिक, पशुचिकित्सक तथा विज्ञलाई फुर्सद छैन  ।


यो समस्या कसरी न्युनीकरण गर्ने ?

जनस्वास्थ्यमा एन्टीवायोटिक निष्प्रभावकारीता समस्या न्युनीरकण गर्न हालको पशुपालन व्यवश्थापनमा सन्तुलित सुधार तथा प्रचलित सरुवा तथा संक्रमक रोगहरुको व्यवस्थीत नियन्त्रण एवं रोकथाम गर्नु हाम्रा प्राथामिकतामा पर्नु पर्ने हुन्छ ।

मासु तथा अन्य पशुजन्य पदार्थको उत्पादन, प्रशोधन, स्वास्थ्य, सफा, स्वच्छ वातावरणमा गर्ने सुनिस्चितता तथा पशुपंक्षीबाट मानिसमा सर्ने रोग बारेमा पशु उत्पादन मानिसको उपभोगको लागि तयार गर्ने बेलामै उचित निगरानी गर्ने हो भने आधा जनस्वास्थ्य सुरक्षित हुने छ । यस वाहेक मानिसको उपचार हुने थलो, उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्राथामिक उपचार केन्द्र, जिल्ला, क्षेत्र, उपक्षेत्र अनि विशिष्ट उपचारका लागि संचालनमा रहेका नर्सिङहोममा कार्यरत स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरुले एन्टीवायोटिक प्रयोगले मात्र सवै खाले रोग व्याद्यी निको हुन्छ भन्ने मोह त्यागी जुन विरामीलाई, जुन समुहको एन्टीवायोटिक उपयुक्त मात्रा र अवधिका लागि चाहिने हो  त्यसरी नै प्रयोग गर्नुपर्छ ।

युरोपीयन युनियन तथा पश्चिमा मुलुकमा पशुपालनमा रोग नियन्त्रण एवं तौल तथा उत्पादन वृद्धिका लागि भनी प्रयोग गरिने एन्टीवायोटिकको प्रयोग कानुन निषेध गरेको स्थिति छ । पशुपंक्षी पालनमा स्वच्छता तथा सफाई एवं स्वस्थताको स्थितिको व्यवस्थापकिय सुधार यसको उत्तम विकल्प हुन सक्ने तथ्य इंगित गरेको छ । तर हामी भन्छौं जाबो गाई, भैंसी, भेडा, बाख्रा, कुखुरा, बंगुरलाई वस्ने ठाउँ किन सफा सुघ्घर चाहियो ।
यसको लागि विभिन्न खाले इन्जाइम, जैविक, अम्ल प्रोबायोटिकस, प्रिबायोटिक, माइकोटक्सिन वाइन्डर, बनस्पतीजन्य, आयुर्वेदिक औषधि, तथा तेल, अनी रोग सहन सक्ने क्षमता अभिवर्धक औषधिको नियमित प्रयोगमात्र गर्ने हो भने त्यो एन्टीवायोटिकको प्रयोग प्रयोजनहिन हुन सक्छ । यसका लागि पहिला पशु चिकित्साकर्मी तथा विज्ञ चिकित्सकहरुको चिन्तनमा परिवर्तन आवश्यक छ ।

प्रिवायोटिक, प्रोवायोटिक अनि टक्सिनवाइन्डर युक्त औषधिको प्रयोगले पशुको शरीरमा पुगे पछि पशुको शरीरमा रहेका पशुको स्वास्थ्यमा असर पु¥याउने जीवाणु, विषाणुलाई विस्थापति गरी शरीरबाट बाहिर निकाल्न मद्दत पु¥याउछ । यस बाहेक त्यस्ता शरीरलाई क्षती पु¥याउने सुक्ष्म जीवलाई आवश्यक पर्ने आहारा तथा पोषक तत्व प्रयोगबाट रोक्छ भने पशुमा दाना आहाराबाट प्राप्त हुने पोषक तत्वको अत्याधिक उपभोग गराउन मद्दत पु¥याउछ । जस्का कारण पशुपंक्षी पनि हृष्टपुष्ट अनि तन्दुरुस्त हुन्छन् ।


अर्कोतर्फ जैविक अम्ल तथा तीनका नुनजन्य गुणको कारण पशुपंक्षीको दाना पानीमा प्रयोगको उपादेयताका बारे विगत २५ वर्षको बैज्ञानिक अध्ययन अनुसंधानको निचोड झन आश लाग्दो छ । यीनको दानापानीमा प्रयोगले व्याक्टोरिया वंशवृद्धिमा नै अवरोध पु¥याउछ नै दानापानीसँग मिसिएर पुगेका यो रसायनले पशुपंक्षीको पेट आन्द्रामा अवस्थित ती सुक्ष्म जिवाणुलाई समेत नष्ट पार्छ ।

त्यसमा थपिएको इन्जाइम, वनस्पतिजन्य औषधि अनि रोग राख्न सक्ने क्षमता वर्धक ओषधिको नियमित प्रयोग गर्ने हो भने हाम्रा पशुपंक्षीलाई रोग कम  लाग्छ । त्यसो भएमा किन अन्यत्र प्रयोगहिन भनेको महंगो एन्टीवायोटिकमा खर्च किसानले गर्नुप¥यो? यी औषधि पशुको शरीरमा नै प्रयोग भई सकिने हुदा यीनको अवशेष तीनबाट उत्पादित पशुजन्य उत्पादनमा अवशेषकारुपमा संचय पनि हुदैनन् एन्टीवायोटिक जस्तै । अनि हाम्रा पशुजन्य उत्पादन विशुद्ध जैविक (आर्गनिक) उत्पादन हुन जान्छन्, जुन जनस्वास्थ्यका लागि सुरक्षित पनि हुन्छ ।

अन्त्यमा आजको जलवायु परिवर्तन, भूवाष्विकरण, ग्लोवल वार्मिङले पिरलेको यो भूमण्डलमा अवस्थित मानव समुदाय, पशुपंक्षी तथा बोट बिरुवा कै लागि गुणात्मक स्वास्थ्य जीवन कसरी प्राप्त गर्ने भन्ने बडो जोखिमपूर्ण चिन्ताको विषय यस क्षेत्रमा कार्यरत जनस्वास्थ्यकर्मीमा रहेको छ । यसकालागि हाल अत्याधिक मात्रामा प्रचलनमा रहेको एन्टीवायोटिकहरुको प्रयोग मानिस तथा पशुपंक्षीमा हुने गरेको प्रयोग, दुरुपयोग अनि अति उपयोग कसरी न्युन, निषेध, नियमन गर्न साथै यसको विकल्पमा प्रयोग गर्न सकिने लाभदायक, सुरक्षीत औषधिको प्रयोगलाई कसरी प्रोत्साहन गर्ने बारे औचित्य पुष्टी गर्ने बारे चुनौति पनि छ । किनभने नानी देखि लागेको बानी, मानिसमा हत्तपत्ती के जान्थ्यो र ।

यसका लागि मुलुकमा भित्रिने सवैखाले औषधिजन्य रसायन, त्यसका प्रष्ट विवरण, तीनको आधिकारिक व्यक्तिबाट सिफारिस भई आए पछि मात्र प्रयोग, पशुपंक्षीमा प्रयोग पछि तीनबाट उत्पादित पशुजन्य पदार्थ जनसमुदायको लागि आमउपयोगका लागि विक्री गर्न अवधि एन्टीवायोटिकको किसिम अनुसार पशुपंक्षीको शरीरबाट विसर्जनको निश्चित अवधि अवलम्बन गर्ने गरेको तथा त्यस्ता पशुजन्य उत्पादन पशुबाट प्राकृतिकरुपमै उत्पादन विन्दुमा यस्ता एन्टीवायोटिकको अवशेषको अवस्थितिको विश्लेषण गर्नु पर्ने अनिवार्य कानुनी व्यवस्था गरिनुका साथै मानिसको स्वास्थ्यलाई प्रतिकुल असर पार्ने मात्रा तथा स्तरमा एन्टीवायोटिकको अवशेष भेटिएमा त्यस पशु, पशुपालन क्षेत्रबाट उत्पादन भएका पशुजन्य पदार्थ मानवीय उपभोगका लागि निषेध गरिनु पर्छ, अनि मात्र जनस्वास्थ्य सुरक्षित हुन्छ ।

 The author is Veterinary Health Management Specialist at Ostrich Nepal Pvt.Ltd. Rupandehi.

No comments:

Post a Comment